अब राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्गबाटै २ लाखसम्म भुक्तानी गर्ने सकिने

  २०७८ माघ १० गते १७:२८     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्गबाटै २ लाखसम्म भुक्तानी गर्ने सकिने भएको छ ।

बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा सिमित कारोबारको लागि शाखामा जान नपर्ने गरी  ग्राहकहरुलाई दुई लाख रुपैंयाँसम्मको नगद भुक्तानी लिन सक्ने गरी स्मार्ट क्युआर टेलर सेवा सुरु गरेको हो ।

बैंकले सोमबार भर्चुअल माध्यमबाट वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले माघ ५ गते रक्तदान कार्यक्रममा पनि आयोजना गरेको थियाे जसमा २४९ जनाले रक्तदान गरेका थिए ।

बैंकले २०७७ पुस मसान्तसम्म २ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

५७ वर्ष अघि २०२२ साल माघ १० गते स्थापना भएको यस बैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक हो । हाल देशभर बैंकका २५८ वटा शाखा कार्यालय, २४५ वटा एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिंङ्ग सेवा संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.