कृषकलाई बैंकले १५ वर्षका लागि सहुलियतपूर्ण ऋण दिनुपर्छ : कृषि मन्त्री साह

  २०८१ वैशाख २७ गते १०:५५     विकासन्युज

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साहले कृषकलाई बैंकले १५ वर्षका लागि सहुलियतपूर्ण ऋण दिनुपर्ने बताएकी छिन् ।

चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) को राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् । जीडीपीमा कृषि क्षेत्रको अनुदान घट्दै गइरहेको बताउँदै कृषकलाई पहिलो प्राथमिकतामा राखेर बैंकले ऋण दिनुपर्ने बताएकी हुन् । ‘देशलाई समृद्ध बनाउँछु भनेर लागेकालाई ऋण दिनुपर्छ,’ उनी भन्छिन्, ‘कृषिमा १५ वर्षसम्म सहुलियत ऋण दिनुपर्छ, तब मात्रै कृषि क्रान्ति हुन्छ ।’

पछिल्लो समय अर्थतन्त्रको संकटले सबैलाई नैराश्यता सिर्जना गरेको उनले बताइन् । उनी भन्छिन्, ‘मनबाट नैराश्यता हटाउनु पर्छ, तब मात्रै समस्याको समाधान गर्न सकिन्छ ।’

चैते धानलाई बढावा दिने गरी काम गर्न आवश्यक रहेको उनको भनाइ छ। साथै, कृषिलाई नयाँ मोडलबाट काम गर्न आवश्यक रहेको उनको भनाइ छ।

सरकारले सुन्तलालाई राष्ट्रिय फलका रूपमा घोषणा गरेको छ। राम्रो कामलाई प्रोत्साहन गर्न सक्नुपर्ने उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.