सनराइज बैंकले कमायो साढे ७४ करोड नाफा, प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ बढी

  २०७८ माघ १० गते ८:४०     विकासन्युज

sunrise bankकाठमाडौं । सनराइज बैंकले पुस मसान्तसम्ममा साढे ७४ करोड रुपैयाँ बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ७४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

जुन गत वर्षको तुलनामा भने घटी हो । बैंकले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद नाफासँगै बैंकको सञ्चालन नाफा पनि घटेर १ अर्ब ६ करोड रुपैयाँमा झरेको छ । त्यस्तै, समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा १० करोड ११ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, नाफासँगै बैंकको प्रतिसेयर आम्दानी घट्न पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५.२७ रुपैयाँले घटेर १४.७४ रुपैयाँमा झरेको छ । पुस मसान्तसम्ममा बैंकको पीई रेसियो बढेर २०.३६ गुणा र प्रतिसेयर नेटवर्थ पनि बढेर १५१.७९ रुपैयाँ छ ।

बैंकको चुक्ता पूँजी ६.६५ प्रतिशतले बढेर १० अर्ब ११ करोड रुपैयाँ पुगेको छ । उता जगेडा कोषको रकम भने ४ अर्ब ६१ करोड रुपैयाँबाट घटेर ४ अर्ब ६० करोड रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप २१.४३ प्रतिशत र कर्जा १९.८० प्रतिशतले बढेर क्रमशः एक खर्ब २९ अर्ब र १ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जा भने बढेर १.४१ प्रतिशत पुगेको छ । जुन गत वर्षको पुससम्ममा १.०६ रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.