यी हुन् बालमन्दिर जग्गा प्रकरणमा पक्राउ पुर्जी जारी भएका २० जना

  २०८१ वैशाख २७ गते १५:०७     विकासन्युज

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लेबालमन्दिर जग्गा प्रकरणमा पक्राउ पुर्जी जारी गरेका २० जनाको नाम सार्वजनिक भएको छ ।

बालमन्दिरका तर्फबाट जाहेरी परेपछि सीआईबीले पक्राउ पुर्जी जारी गरेका व्यक्तिहरूमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह, पूर्वपदाधिकारीहरू गणेशभक्त श्रेष्ठ, तुलसीनारायण सिंह, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल छन् ।

यस्तै योगेन्द्रबहादुर शाही, प्रचण्डराज प्रधान, गोपाल श्रेष्ठ, रामकाजी कोने, दीपकदास श्रेष्ठलाई पनि पक्राउ पुर्जी जारी भएको छ । यसबाहेक वृहस्पति स्कुलका पूर्वसञ्चालकहरू चिरञ्जीवी तिवारी, प्रविणराज जोशी र मुरारी निधी तिवारीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघनिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेका लागि पक्राउ पुर्जी जारी भएको छ ।

यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । उक्त अनुसन्धानबाट जग्गा दुरुपयोग भएको खुले पनि औपचारिक रूपमा जाहेरी नपर्दा मुद्दा प्रक्रिया अघि बढ्न सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.