झिनो अंकले नेप्से बढ्दा होटल तथा पर्यटन समूह चम्किए

  २०८१ वैशाख २७ गते १५:३५     विकासन्युज

काठमाडौं । बिहीबार सेयर बजार ५.६३ अंकले बढे पनि ११५ कम्पनीको सेयर घटेको छ ।

आज नेप्से ५.६३ अंक अर्थात ०.२८ प्रतिशतले बढेर १६६६.२३ विन्दुमा कायम भएको छ । आज ११५ कम्पनीको सेयर बढ्दा ११५ कम्पनीकै सेयर घटेको छ । त्यस्तै १४ कम्पनीको सेयर स्थिर रहेको छ ।

आज ३१३ कम्पनीको ७० लाख ५८ हजार कित्ता सेयर ४९ हजार ३३२ पटक खरिद/बिक्री हुँदा ३ अर्ब १२ करोडको कारोबार भएको छ । आज नेप्से बढेसँगै कारोबार रकम पनि बढेको हो । बुधबार २ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज जीबन बिमा ४३.५७ अंकले, उत्पादन र प्रशोधन समूहको ७.८३ अंकले र लघुवित्त समूहको सूचक ३८.९५ अंकले घटेको छ । अन्य सबै सूचक बढेको छ ।

नेप्से परिसूचक झिनो अंकमा वृद्धि हुँदा होटल तथा पर्यटन समूह भने ३४२ अंक अर्थात ६.९६ प्रतिशत बढेको छ ।

धेरै मूल्य बढेका कम्पनीमा पनि होटल तथा पर्यटन समूहकै कम्पनीहरू अगाडि रहेका छन् । आज ओरियन्टल होटलको ८.४६, सिटी होटलको ७.९९, सोल्टी होटलको ७.४१, तारागाउँ रिजेन्सीको ६.५६ प्रतिशत मूल्य बढेको छ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । फाइनान्सको आज १६ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर खरिद/बिक्री भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.