रामेछाप र ओखलढुङ्गामा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा विस्तार

  २०७८ माघ ९ गते १६:५६     विकासन्युज

काठमाडौं । सनराइज बैंकले रामेछाप जिल्ला र ओखलढुङ्गा जिल्लामा एक/एक वटा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेकाे छ ।

बैंकले माघ ७ रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.१४ फुलासीमा र माघ ८ गते ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिका वडा नं. १ कुन्तादेविमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेकाे हाे ।

उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८५ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि फुलासीका वसन्त कुमार लामा र कुन्तादेविका लाल प्रसाद ढकाललाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

बैंकिङ्ग पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा विस्तार गर्दै आएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम र ८५ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.