नेप्से परिसूचक घट्दा कारोबार बढ्यो, ‘टप गेनर’ र ‘टप ट्रनओभर’को शीर्ष स्थानमा हाइड्रो मात्रै

  २०७८ माघ ४ गते १५:३२     विकासन्युज

काठमाडौं । मंगलबारको बजारमा नेप्से परिसूचक घटेको छ । लगातार बढिरहेको सेयर मूल्य मापक परिसूचक मंगलबार भने १०.७८ अंकले घटेर २९३६.६६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३७ प्रतिशतले घटी हो ।

बजारमा परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । दिनभरको कारोबारमा ८ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५४ करोड रुपैयाँले बढी हो । सोमबारको बजारमा ७ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बजारमा उच्च कारोबार गर्ने र टप गेनरको अग्रस्थानमा हाइड्रोपावर कम्पनी रहेका छन् । मंगलबार अपि पावरको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन २८ करोड ११ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा रहेको अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २५ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यता सामलिङ् पावर कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य ९.४९ प्रतिशतले बढेर प्रतिकित्ता ६४९.३० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, मध्य भोटेकोशी जलविद्युत कम्पनीको ८.११ प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६.०८ प्रतिशतले बढेको छ ।

जसमध्ये बुद्धभूमि नेपाल हाइड्रोको सेयर आज पहिलो दिन दोश्रो बजारमा कारोबार भएको छ । पहिलो कारोबार प्रतिकित्ता २४६.७० रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर बजार बन्द हुँदासम्म प्रतिकित्ता १५ रुपैयाँले बढेर प्रतिकित्ता २६१.७० रुपैयाँ पुगेको हो ।

मंगलबार नेप्से परिसूचक घटेपनि क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.१० अंकले बढेर ५४७.४६ बिन्दुमा पुगेको छ ।

त्यस्तै, बैंकिङ्ग, होटल्स् एण्ड टुरिजम, म्युचुअल फण्ड र अन्य समूह बढेका छन् भने बाँकी समूह घटेका छन् । कारोबारमा आएकामध्ये मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । संस्थाको सेयर मूल्य ५ प्रतिशतले घटेर प्रतिकित्ता १५४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.