कामना सेवा बैंककाे खुद सञ्चालन आम्दानी १ अर्ब, यस्ता छन् अन्य परिसुचक

  २०७८ माघ ४ गते १३:३०     विकासन्युज

काठमाडाैं। कामना सेवा विकास बैंककाे खुद सञ्चालन आम्दानी २१ प्रतिशतले बढेकाे छ ।  बै‌ंकले चालु आवकाे दोस्रो त्रैमासिकमा गत आर्थिक वर्षकाे साेही त्रैमासिककाे तुलनामा २१ प्रतिशतले खुद सञ्चालन आम्दानी बढाएकाे हाे ।

बै‌ंङ्कका अनुसार बैंकले करिब १ अर्ब खुद सञ्चालन आम्दानी गरेको छ । यस्तै, बैंकको निक्षेप ४८.९२ अर्ब पुगेको छ भने कर्जा ४४.९० अर्ब पुगेको छ । जुन गत वर्षकाे दाेस्राे त्रैमासकिकाे तुलनमा क्रमशः १०.६९% र १०.९८% बढी हाे ।

बैंकको पुँजी पर्याप्तता अनुपात १२.३२% कायम गरेको छ भने प्रति शेयर आम्दानी २१.८७ रहेका छ। बैंकको हालको चुक्तापूँजी ३.१४ अर्ब र जगेडा कोषमा ९.६७ करोड रुपैयाँ छ ।

साथै निष्कृय कर्जा अघिल्लो त्रैमासिकमा १.७९% रहेकोमा यस त्रैमासिक सम्ममा १.७७% मा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५.७४, प्रति शेयर नेटवर्थ १३३.०२ र आधार दर ९.२७% छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.