२०७८ माघ ३ गते १३:१७ विकासन्युज
काठमाडाैं । चांगन अटोले आफ्नो प्रिमियम पिकअप हन्टरूकाे बुकिंङ्ग खुल्ला गरेको छ । कम्पनीले साढे सुरुवाती मूल्य ७५ लाखमा उक्त पिकअप हन्टहरुकाे बुकिंङ्ग खुल्ला गरेको हाे ।
उक्त मूल्य पहिलो ३० ग्राहकमा लागु हुनेछ कम्पनीले जानकारी दिएकाे छ । हन्टर सबै खालि भूभाग र बाटो को लागि उचित भएको हुनाले नेपाली ग्राहकहरु को लागि सहि रोजाई हुने कम्पनीले दावी गरेकाे छ ।
हन्टरमा १.९ टर्बोचार्ज्ड इन्जिन छ जसमा १९१० सीसीको डीसप्लेसमेन्ट रहेको छ र यसले १५० एचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्दछ । यस प्रिमियम पिकअपको ग्राउन्ड क्लियरेन्स २३० एम एम हो, जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको छ ।
यसले १ टन को पेलोड वजन उठाउन सक्छ । हन्टर ६-स्पीड औटोमेटिक गेयर ट्रान्स्मिसन्को साथमा आउने गर्दछ, जसले आँफै नै रोडको अवस्था अनुसार गियर बदल्न मदत गर्दछ ।
हन्टरको अरु विशेषताहरु भनेको १० इन्चको एचडी इन्फोटेनमेन्ट टच स्क्रिन, पुष इन्जिन स्टार्ट बटन, क्रूज कन्ट्रोल, टायर प्रेसर मोनिटरिंग सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम र हिल डिसेन्ट कन्ट्रोल रहेको छ ।
यसमा आरामदायी पावर अस्सिसटेड सीटकाे साथसाथै स्पोर्ट मोड र इको मोड पनि रहेको छ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.