प्रभु बैंककाे १२.६३ प्रतिशत लाभांश पारित

  २०७८ पुष १९ गते १९:१५     विकासन्युज

काठमाडौं । प्रभु बैंकको १२.६३ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २०औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो ।

यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर तथा ०।६३ प्रतिशत नगद लाभांश पाउने भएका छन् । १२.६३ प्रतिशत बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूजी वृद्धि भई १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।

वार्षिक साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने, प्राप्ती तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्यांकन गर्न मान्यताप्राप्त मुल्यांकनकर्ता नियुक्ती गर्ने र सो सम्बन्धी समझदारी पत्र तर्जुमा गरी प्रक्रिया अगाडी बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पारित गरेको छ ।

देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, ६१ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १८९ वटा एटिएम तथा २१५ वटा शाखा कार्यालयहरु सहित देशभर फैलिएको बैंकिङ्ग सञ्जालको माध्यमबाट १६ लाखभन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.