प्रावि शिक्षकका लागि खुल्यो आवेदन

  २०७८ पुष १४ गते १०:०९     विकासन्युज

फाइल फोटो

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि ठूलो संख्यामा विज्ञापन खुलाएको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै १३ हजार ९३ पदका लागि विज्ञापन खुलाइएको जनाएको छ ।

इच्छुक उम्मेदवारले माघको १३ गतेसम्म तोकिएको दस्तुरमा र माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

यसअघि नै शिक्षक सेवा आयोगले मावि र निमावि तहका लागि विज्ञापन खुलाइसकेको छ ।

निमावी तहका लागि २ हजार ५९८ शिक्षकका लागि आवेदन खुला गरिएको छ । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । यस्तैगरी माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।

आयोगले मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.