चन्द्रगढी र पोखरामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

  २०७८ मंसिर २ गते १५:४९     विकासन्युज

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम चन्द्रगढी र पोखरामा सम्पन्न भएको छ ।

चन्द्रगढीकाे विरेन्द्र नमुना क्याम्पस र पाेखराकाे सरस्वती टीका माविमा कार्यक्रममा सम्पन्न भएकाे थियाे । चन्द्रगढीकाे कार्यक्रममा ५० भन्दा बढी र पाेखराकाे कार्यक्रममा १०० भन्दा बढी युवाहरु सहभागी थिए । कार्यक्रममा बीमाको महत्व तथा आवश्यकताबारे जानकारी दिइएकाे थियाे ।

पाेखरामा भएकाे कार्यक्रममा पाेखराका वडा न‌ं ३३ का अध्यक्ष शिव प्रसाद आचार्यले बीमाले जीवन र परिवारको आर्थिक र पारिवारिक सुरक्षा प्रदान गर्ने हुँदा निश्चिन्त भएर बीमा कार्यमा लाग्न युवाहरुलाई आग्रह गरेका थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.