६ हजार ८१४ जनामा परीक्षण हुँदा ४४० संक्रमित थपिए

  २०७८ कार्तिक २४ गते १५:५९     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभर ५ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ जना र १ हजार ४ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जना गरी ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाले ज्यान गुमाएका छन् भने ४७४ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमितमध्ये हालसम्म ७ लाख ९६ हजार ७८० निको भएका छन् भने ११ हजार ४६० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना रहेको छ ।

जसमध्ये ७ हजार ५ जना होम आइसोलेसनमा रहेका छन् भने ५१७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८९ जना आईसीयू र ५३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १० हजार ७३८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.