२०७८ कार्तिक २३ गते ११:३५ विकासन्युज
काठमाडौं । आइएमईको वर्ड भ्रमण विथ साइग्रेसको सुरु भएको छ । नेपालका सात वटै प्रदेशका मुख्यमुख्य शहरहरूमा गरिने उक्त कार्यक्रम आजबाट सुरु भएको हो । सो कार्यक्रम मङ्सिर १७ सम्म संचालन हुनेछ ।
वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साईग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुती गर्ने कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ । साथै एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट र आइटी रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द हुने भएको छ ।
उक्त कार्यक्रम आइएमई लिमिटेड र आइएमई पेका आधिकारिक सामाजिक सञ्जाल फेसबुक, युट्युब, ट्विटर, लिंकडिन पेजहरूका अतिरिक्त साईग्रेसका अफिसियल पेजहरुबाट पनि प्रसारण हुने कम्पनीले जनाएकाे छ ।
कार्यक्रम तालिका
१। होटल रुबस, धनगढी- ९ नोभेम्बर, दिउँसो २ः३० बजे
२। क्लब ग्राभिटी, पोखरा- २२ नोभेम्बर, दिउँसो ४ः०० बजे
३। राष्ट्रिय नाच घर, काठमाडाैं- ३ डिसेम्बर, दिउँसो ३ः३० बजे
४। साई पार्टी प्यालेस, झापा- १३ नोभेम्बर, दिउँसो ३ः०० बजे
५। डि कन्सेप्ट, बुटवल- २० नोभेम्बर, दिउँसो २ः३० बजे
६। चितवन गार्डेन रिसोर्ट चितवन १९ नोभेम्बर, दिउँसो २ः३० बजे
७। बिपिकेआइएच्एस अडिटोरियम, धरान- १५ नोभेम्बर, दिउँसो २ः०० बजे
Copyright © 2022 Bikash Media Pvt. Ltd.