पर्यटन बोर्डको सीईओ रेग्मी भन्छन्: कर्मचारीको दुर्व्यवहारको विरोध गर्दा बदनाम गराए

  २०७८ कार्तिक २२ गते १३:२३     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीलाई भन्सारका कर्मचारीमाथि दुर्व्यवाहार गरेको भन्दै ५ हजार जरिवाना गरिएको छ । भाइटिकाको दिन लण्डनबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सारका कर्मचारीलाई दुर्व्यवाहार गरेको भन्दै भन्सार कार्यालयले ५ हजार रुपैयाँ जरिवाना गरेकाे हाे ।

रेग्मीलाई बेलायतबाट फर्कने क्रममा ६ बोतल मादक पदार्थ (रक्सी) ल्याएको विषयमा भन्सारका कर्मचारीमाथि हातपात गरेको आरोप लागेको छ ।

कर्मचारीको दुव्यवहारको विरोध गर्दा बदनाम गराए, रेग्मी

भन्सारका कर्मचारले गरेकाे दुर्व्यवाहारको विरोध गर्दा आप्नो बदनाम गराइएको बोर्डका सीईओ डा. रेग्मीले बताए । ‘मैले पिटेको हैन्, काम नगरेका कर्मचारी युनियनले आप्नो गल्ती र दुर्व्यवाहार लुकाउन मेरो बदनाम गरे’, उनले भने ।

उनले भन्सार जाचँपासका क्रममा कर्मचारीले बोलीचालीदेखि उनीहरुले व्यवहार सैर्य नभएर आफूले विरोध गरेको बताए ।

‘भन्सार जाँचपासको क्रममा त्यहाँका कर्मचारीले गरेको व्यवहारको मैले विरोध गरेको हो । भन्सारका कर्मचारीले गरेको व्यवहार राम्रो थिएन । उनीहरुको व्यवहारको मैले विरोध गरेको हुँ । कर्मचारीका हाकिमहरु काम नै नगरी बसेका थिए । अरु कसैले केही भनेनन् मैले कर्मचारीको व्यवहारको विरोध गर्दा धकेलाधकेल भएको हो । उनीहरु आफू काम गर्दैनन् विरोध गर्दा उल्टै मेरो बदनाम गराए’, उनले भने, ‘कर्मचारीहरुले भन्सार जाचँपासको क्रममा राम्रो व्यवस्थापन नहुँदा धकेलाधकेल गरिरहेका थिए । मेरो ठुलो जिउँ कर्मचारीसँग ठोकिएको हो, मैले बाहिर आएजस्तो झापड्ड हानेको हैन् ।’

भन्सार ऐन २०६४ मा विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउने व्यवस्था छ । तर, डा. रेग्मीले ६ बोतल ल्याएपछि उक्त मदिरा जफत गरिएको विमानस्थल भन्सार स्रोतले बताएको छ ।

सीईओ डा. कार्तिक १५ गते (नोभेम्बर १) देखि लण्डनमा सुरु भएको ३ दिने वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्केका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.