नेपाल लाइफका डीसीईओ चौधरीले पाए कार्यबाहकको जिम्मेवारी, को हुन् उनी ?

  २०७८ कार्तिक २२ गते १२:५५     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशीलकुमार चौधरी नियुक्त भएका छन् । कार्त्तिक २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चौधरीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यबाहक सीईओमा नियुक्त गरेको हो ।

चौधरी इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।

इन्स्योरेन्सका सीईओ सन्तोष प्रसाईंले राजीनामा दिएसँगै कम्पनीले चौधरीलार्य कार्यबाहक सीईओको जिम्मेवारी दिएको हो । सीईओ प्रसाईंले आफ्नो घरायसी तथा व्यक्तिगत कारणले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामालाई कार्त्तिक २१ गते बसेको बैठकले स्वीकृत गरेको हो ।

को हुन् चौधरी ?

चौधरीसँग सामान्य स्कूलमा पढेर एउटा राम्रो कम्पनीमा लामो समय काम गरेकोसम्म अनुभव छ । बाल्यकालदेखि नै शान्त स्वभावका चौधरीलाई देहात (तराई मधेशको दुर्गम गाउँ) को सामान्य स्कूलमा पढेर पनि ठूलो कम्पनीमा काम गर्न सकिने रहेछ भन्ने लागिरहन्छ ।

सुशील चौधरीः देहातको पढाइ, बैंकको जागिर, नम्बर एक बीमा कम्पनीको डिसिइओ

चौधरीले राष्ट्रिय वाणिज्य बैंकमा पहिला २५ वर्ष काम गरे । त्यसपछि जीवन बीमा क्षेत्रमा प्रवेश गरेका हुन् । २०५८ सालमा बीमा क्षेत्रमा प्रवेश गरेका उनले नेपाल लाइफबाट नै बीमा क्षेत्रमा काम गर्न सुरु गरेका हुन् । कम्पनीको म्यानेजरबाट काम शुरू गरेका चौधरीले अहिले कार्यबाहक सीईओको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

सम्बन्धित समाचार

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रसाईले दिए राजीनामा, संचालकसँग कुरा मिलेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.