नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्डबाट सम्मानित, एसएमईमा महत्वपूर्ण याेगदान

  २०७८ कार्तिक १८ गते ११:१८     विकासन्युज

काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ बाट सम्मानित भएको छ । नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि ‘जी२०’ को ग्लोबल साझेदारी (जीपीएफआई)द्वारा अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट सम्मानित भएको हो ।

आईएफसी र एसएमई फाइनान्स फोरमले नबिल बैंकलाई विगतको आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगतिलाई पहिचान गरी सम्मान दिएको छ ।

एसएमईहरु अर्थतन्त्रको मेरुढण्ड हो । हालकोभिड–१९ को महामारीबाट राष्ट्रिय अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा नबिल बैंकले रणनीतिक रुपमा एसएमई क्षेत्रको उत्थानमा ध्यान केन्द्रित गरेको छ । यसका लागि सक्रियतापूर्वक आफ्नो व्यावसाय प्रक्रियालाई नविनतम निति, तथा प्रकृया मार्˚त एसएमई क्षेत्रलाई सरल, सहज र चुस्त रुपमा कर्जा उपलब्द गराउदै आएको छ ।

यस उपलब्धिबाट बैंक सम्मानित भएसंगंै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले नबिल बैंकले कोभिड–१९ का कारण कठिनाईहरु सामना गरिरहेका एमएमई क्षेत्रलाई वित्तीय पहुँच पु¥याउन प्राथमिकताका साथ काम गरिरहेको बताए ।

बैंकिङ कार्यविधिलाई प्रविधिको प्रयोग मार्फत तथा रणनीतिक योजनालाई परिवर्तन गर्दै एसएमईलाई वित्तिय पहुँच पु¥याउनध्यान केन्द्रीत गरेको जानकारी गराउदै बैंकले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पु¥याइरहेको र यस क्रमलाई विभिन्न रुपमा जारी राख्ने समेत बताए ।

यस सम्बन्धमा एसएमई फाइनान्स फोरमका सीईओ म्याथ्यू गेमसेरले हरेक वर्ष धेरै प्रभावशाली संस्थाहरुले एसएमईलाई वित्तीय पहुँच पु¥याउन अविश्वनीय काम गरेको, नविनतम् प्रविधि तथा प्रयोग तथा नौलो तरिकाबाट ग्राहकलाई पहिलो प्राथमिकतामा राखेर लाभदायक र सुनिश्चित वित्तीय सेवा प्रदान गरेको पाएका बताए । सन् २०२१ को प्रतिस्पर्धाले विगतको जस्तै बृहत उपलब्धि रक्षमतामा बृद्घि भएको समेत बताए ।

गत महिनापनि नबिल बैकलाई एसियाली विकास बैंक (एडीबी)ले सन् २०२१ को लागि नेपालको अग्रणी साझेदार बैंकको रुपमा मान्यता दिएको थियो । त्यस्तैगरी, नबिल बैंकले सफलता पूर्वक युरोमोनीद्वारा लगातार २ वर्षसम्म ‘नेपालककै बेस्ट बैंक’ अवार्ड जित्न सफल भएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८८ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.