बैंक अफ काठमाण्डूको सिइओमा श्रवण लाल मास्के नियुक्त

  २०७८ कार्तिक १७ गते १८:०३     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा श्रवण लाल मास्के नियुक्त गरेको छ । बैंककाे कार्तिक १७ गते बुधबार बसेको संचालक समितिको बैठकले मास्केलाई सिइओमा नियुक्त गरेको हो ।

नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्के विगत ३ महिना अघि देखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गर्दै आएका थिए ।

सन् १९८५ मा नबिल बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका मास्केसँग तीन दशकभन्दा बढीको बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ ।

नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्केले आफ्नो कार्यकालमा बैंक अफ काठमाण्डूलाई थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित गराउन आफ्नो प्रमुख भुमिका रहने बताएका छन् ।

बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.