बैंकर्स संघको अध्यक्ष बने उपाध्याय, को बन्दैछ उपाध्यक्ष ?

  २०७८ कार्तिक १७ गते १६:२१     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) को अध्यक्षमा अनिल कुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । उनी बुधबार उनी संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उनी यसअघि संघको उपाध्यक्ष थिए ।

बुधबार दिउसो २ बजेसम्म अर्को कुनै सीईओले अध्यक्षमा दाबी नगरेपछि उपाध्याय स्वतः अध्यक्ष भएको बताइएको छ ।

अध्यक्षको औपचारिक घोषणा भने कात्तिक २३ गते गर्ने बताइको छ । संघको उपाध्यक्ष र सदस्यहरुको टुंगो पनि कात्तिक २३ गते लाग्ने बुझिएको छ । संघको उपाध्यक्षमा भने मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीको चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.