महालक्ष्मी लाईफको राष्ट्रिय सम्मेलन सम्पन्न

  २०७८ कार्तिक ८ गते १४:०१     विकासन्युज

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। कार्तिक ५ र ६ गते भएको सम्मेलनमा देशभरिका ६० शाखा र उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रिय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो ।

सम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ(आफ्नो क्षेत्रको व्यवसायिक प्रतिवेदन पेश गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिस्पर्धी कम्पनीहरुको अवस्था, कम्पनीको व्यवसायीक कारोबार र लक्ष्य प्राप्तिको लागि अपनाइने आगामी रणनीति तथा कार्यक्रम बारेमा क्षेत्रगत छलफल भएको थियो ।

कार्यक्रमको दोस्रो दिन कार्तिक ६ गते कम्पनीका सम्पुर्ण कार्यालय प्रमुख र अधिकृतहरु सहभागी भएको नेसनल बिजनेस मिट २०७८ राष्ट्रिय सम्मेलन सम्पन्न गरिएकाे थियाे । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उद्घाटन गरेकाे उक्त सम्मेलनमा स्वागत मन्तव्य बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले व्यक्त गरेका थिए । त्यसैगरी नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले त्रैमासिक व्यवसायिक समिक्षा गरेका थिए भने अर्का नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागिहरुलाई कम्पनीको बीमा योजनाहरुको बारेमा तालिम प्रदान गरेका थिए ।

सम्मेलनको अन्तमा २०७८/०७९ को प्रथम त्रैमासमा तोकेको लक्ष्य प्राप्त गर्ने २९ जना कार्यालय प्रमुखहरुलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत र सम्मान गरेका थिए । सम्मेलनले दोस्रो त्रैमासको शाखा उपशाखा र क्षेत्रको व्यवसायीक लक्ष्य निर्धारण गरेका छ ।

कम्पनीले बीमा जनचेतना अभिवृद्धिको लागि यो आ.व. भित्र सबै शाखा उपशाखाले आ-आफ्नो क्षेत्रमा युवा सँग महालक्ष्मी लाईफू कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेकाे छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले ‘युवा सँग महालक्ष्मी लाईफू कार्यक्रम’ विषयमा विस्तृत जानकारीको साथै तालिम प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.