शनिबार आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन फेस्ट हुँदै

  २०७८ असोज १५ गते १३:०१     विकासन्युज

काठमाडौं । शनिबार काठमाडौंको प्रेसिडेन्सियल बिजनेश स्कुलमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन फेस्ट हुने भएको छ । स्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त फेष्ट आयाेजना गरेकाे आइसिटीले जनाएकाे छ ।

लिभिङ विथ आइसिटीको आयोजना तथा एफवान सफ्टको मुख्य सहकार्यमा भइरहेको आइसिटी अवार्ड २०२१ अन्तर्गत उत्कृष्ट स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरूको फेस्टमा सहभागिता रहनेछ ।

आइसिटी अवार्डको छैटौं संस्करण अन्तर्गत केही समयअघि अनलाइन आवेदन खुल्ला गरिएको थियो । विभिन्न ११ विधामा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको र त्यसमध्ये स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा दुई चरणको छनौटपश्चात् छानिएका उत्कृष्ट १० प्रतिस्पर्धीहरूले फेस्टमा आफ्नो प्रडक्ट तथा इन्नोभेसन प्रस्तुत गर्नेछन् । प्रदर्शनीमा ४० बढी स्टार्टअप तथा इन्नोभेसनको स्टल रहनेछ ।

फेस्ट अन्तर्गत नै शुक्रबार मेन्टरिङ सेसनसमेत सञ्चालन गरिँदैछ । नेपाल आन्टरप्रेनर्स हबका सहसंस्थापक सुमन शाक्य, हाम्रो पात्रोका संस्थापक शंकर उप्रेती र एप्लाईजबका अध्यक्ष राजेन्द्र गिरीले स्टार्टअपहरूलाई मेन्टरिङ गर्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.