वृज सिमेन्टले नेपाल पत्रकार महासंघको भवन निर्माणमा सिमेन्ट सहयोग गर्ने

  २०७८ असोज १३ गते १३:५६     विकासन्युज

काठमाडौं । वृज सिमेन्टले नेपाल पत्रकार महासंघ चितवन शाखालाई भवन निर्माणमा लाग्ने सिमेन्ट सहयोग गर्ने भएको छ । पुष्पतारा केडिया सेवा फाउण्डेशन तथा वृज सिमेन्टले संयुक्त रुपमा महासंघलाई सो सहयोग गर्न लागेको हो ।

आज आयोजित एक कार्यक्रमबीच वृज सिमेन्ट इण्डष्ट्रीजका चितवन एरियाका सेल्स म्यानेजर लक्ष्मी प्रसाद गुप्ता, वृज सिमेन्ट चितवनका आधिकारिक विक्रेता उत्सव इन्टरप्राइजेजका प्रोपाइटर सिरिस पन्त र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, नेपाल पत्रकार महासंघ चितवन खाका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक प्रकाशमणि ज्ञवालीबीच सहमती भएको होशा ।

पत्रकारहरुको हकहितका लागि स्थापना भएको नेपाल पत्रकार महासंघलाई वृज सिमेन्टले प्रदान गरेको सहयोग अतुलनीय रहेको नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक प्रकाशमणि ज्ञवालीले बताए ।

पुष्पतारा केडिया सेवा फाउन्डेशनले विभिन्न सामाजिक संघ संस्थालगायत विभिन्न क्षेत्रहरुमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परियोजनाहरुलाई सहायता प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.