२०७८ असोज १० गते ९:५३ विकासन्युज
काठमाडौं । करिब ५ महिनापछि आजदेखि काठमाडौं महानगरभित्र सञ्चालित विद्यालयहरु सञ्चालनमा आउने भएका छन् । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा गत बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु भएसगैँ विद्यालय बन्द गरिएको थियो ।
केही दिन अघिमात्र काठमाडौं महानगरले स्वास्थ्य मापदण्डकोे पालना गर्दै विद्यालय सञ्चालनको अनुमति दिएसगैँ महानगर भित्रका विद्यालयहरु आजदेखि सञ्चालन हुने भएका हुन् ।
सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ ।
विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि महानगरपालिकाले जनाएको छ । शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ ।
लामो समय विद्यालय बन्द रहेको, चाडवाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरूपमा विद्यालय पुनःसञ्चालन गर्नुपर्ने माग अभिभावकको छ ।
दसैँको मुखमा विद्यालय सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले भने अभिभावक अन्योलमा परेका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.