वृज सिमेन्टको एक्सपर्ट मेशन क्लबमा आवद्ध सदस्यको परिवारलाई ५ लाख सहयोग

  २०७८ असोज १ गते १८:०१     विकासन्युज

काठमाडाैं । वृज सिमेन्ट इण्डष्ट्रिको वृज एक्सपर्ट मेशन क्लब प्रभावकारी बन्दै गएको छ । क्लवमा आवद्ध सदस्यलाई घरले च्यापिएर मृत्यु भएका मृत्यु भएपछि परिवारलाई कम्पनीले पाँच लाख आर्थिक सहयोग गरेको छ ।

यही जेठ ८ गते क्लबका सदस्य प्युठान जिल्ला नौबहिनी गाउँपालीका १ स्याउली वाङका ३९ वर्षिय बोम बहादुर मल्ल , उहाँकी श्रीमती र छोरा गरी तिन जनाको घटनास्थलमै मुत्यु भएको थियो । सोही परिवारलाई वृज सिमेन्टले ५ लाख रुपैया विमा बापतको रकम हस्तान्त्रण गरेको हो ।

कम्पनीका एरिया सेल्स म्यानेजर नारायण जि.सी.ले मृतककी छोरी कुमारी मल्ललाई पाँचलाखको चेक हस्तान्तरण गरेका थिए । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा. लि.ले वृज सिमेन्ट एक्सपर्ट मेसन क्लब स्थापना गरी क्लबमा आवद्व सदस्यहरुको ५ लाख बराबरको बीमा योजना अगाडी बढाएको छ ।

कम्पनीले देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम गर्दै निर्माणक्रर्मीहरुलाई “एक्सपर्ट मेशनक्लब”मा आवद्ध गरेर बीमा सहितका थप सुविधाहरु प्रदान गर्दै आएको वृज सिमेन्टका सेल्स म्यानेजर नुमेन्द्र पौडेलले जानकारी दिए । पौडेलले कम्पनीले आफनो सामाजिक उत्रदायित्व को भुमिका निर्वाह गर्न र निर्माणकर्मीको परिवारको पनि सुरक्षाको जिम्मेवारीको महसुसगरी कार्यक्रम ल्याएको बताए ।

उक्त कार्यक्रमलाई अझैं प्रभावकारी र फलदायिक बनाउनको लागि कम्पनीले “एक्सपर्ट मेशनक्लब”मा आवद्ध निर्माणकर्मी साथीहरुलाई उपहारसहित पास बुक वितरण गरेको छ । वृज सिमेन्ट इण्डष्ट्रिजका कुनै पनि उत्पादनहरु खरीद गरी यस योजनामा सहभागी हुन सकिनेछ ।

अहिलेसम्म कम्पनीले २५०० बढी निर्माणक्रमी साथिहरुलाई “एक्सपर्ट मेशनक्लब”मा आवद्ध गरिसकेको वृज सिमेन्टले जनाएको छ । बढी भन्दा बढी निर्माणकर्मीलाई यस क्लबमा आवद्ध गराउने र क्लबमा आवद्ध सदस्यहरुलाई आवश्यक सहयोग जुटाउने योजना वृज सिमेन्टको रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.