बैंक अफ काठमाण्डूबाट बाहिरिए सीईओ पन्त, मास्केले पाए कामु सीईओको जिम्मेवारी

  २०७८ साउन १९ गते १९:४२     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शोभनदेव पन्तले अवकाश पाएका छन् । चार वर्षअघि बैंकको सीईओमा नियुक्त भएका उनी अवकास पाएर बैंकबाट बाहिरिएका हुन् ।

बैंकिङमा तीन दशक बढी अनुभव भएका पन्तले यस अघि नबिल बैंक, लुम्बिनी बैंक, लगायत धेरै बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन् ।

उनी बैंकको सीईओबाट बाहिरिएसँगै श्रवणलाल मास्केले कामु सीईओको जिम्मेवारी पाएका छन् । बैंक सञ्चालक समितिले कामु सीईओ जिम्मा मास्केलाई दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.