अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्दै रामेछाप नगरपालिका

  २०७८ साउन १८ गते १९:१३     विकासन्युज

काठमाडौं । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले अत्यावश्यक वाहेकका सबै सेवाहरू बन्द गर्ने भएको छ । तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टको कोरोना भाइरसले पालिकामा पनि बढ्दो रूप लिन थालेपछि पालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गर्न लागेकाे हाे ।

कोरोना भाइरस नियन्त्रण तथा जिल्ला सुरक्षा समितिले साउन १७ देखि ३२ गते राति १२ बजेसम्मका रामेछाप जिल्लाभर निषेधाज्ञा गरिसकेकाे छ । साेही अनुरूप पालिकाले पनि सो अवधिभर अत्यावश्यक वाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाबाट प्रदान गरिने स्वास्थ्य सेवा, फोहोर मैला व्यवस्थापन लगायतका अत्यावश्यक वाहेकका सबै सेवा बन्द हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.