कमर्सियल भेहिकल्स किन्न महालक्ष्मी विकास बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

  २०७८ साउन १५ गते १५:३७     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक र एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्सबीच साउन १५ गते सम्झौता भएको छ । विकास बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिबाट ग्राहकले फोटोन ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने छ ।

देशका १०३ वटा शाखाहरुबाट ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको सबै शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.