२०७८ साउन १५ गते १४:०६ विकासन्युज
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १२ हजार ५ सय रुपैयाँ बराबरको काजक्रिया खर्च हस्तान्तरण गरेको छ । संस्थाले सदस्य कमला थापाको श्रीमानको मृत्युमा ग्राहक संरक्षण कोष अन्तर्गत सो मात्राको रकम हस्तान्तरण गरेको हो ।
संस्थाले शाखा कार्यालय सुडा कञ्चनपुर अन्तर्गत सेवा केन्द्र दोधारा चांदनी लघुवित्त सेवा प्रदान गरीरहेको सेवा केन्द्रमा दोधारा चांदनी नगरपालिका वडा न. ८ मा सञ्चालित मितिनी महिला समुहमा आवद्व सदस्य कमला थापालाई दुर्गा सि. थापाको मृत्युमा काजक्रिया खर्च हस्तान्तरण गरिएको छ ।
संस्थाले समुह सदस्यहरुको उपस्थितीमा समुह मिना देवी गुरुङ्ग तथा सहायक जनक राज पन्तद्धारा संयुक्त रुपमा हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय कार्यक्षेत्र भएको भएको नेपाल राष्ट्र बैंकद्धारा स्वकिृत प्राप्त घ वर्गको नेशनल लघुवित्तले आफ्ना सदस्यको संरक्षणमा ग्राहक संरक्षण कोष अन्तर्गत काजक्रिया खर्च, सुत्केरी खर्च, विभिन्न राहत सुविधा एवम् प्राकृतिक एवम् दैविक प्रकोपमा सदस्यहरुलाई राहत तथा सहयोग गदै आईरहेको छ ।
Copyright © 2022 Bikash Media Pvt. Ltd.