बालबालिकामा काेभिडपछि हुन सक्ने जटिलता

  २०७८ साउन ९ गते १४:४५     डा. प्रकृति भण्डारी

काठमाडौं । हालसम्मको विश्वको तथ्याङ्क हेर्दा संसारमा बालबालिकामा अन्य उमेरको तुलनामा कोभिडको संक्रमण निकै कम देखिएको छ । यस्तै नेपालमा पनि अन्य उमेरको तुलनामा बालबालिका संक्रमण कम देखिएको छ ।

तर दोस्रो लहरसम्म आइपुग्दा बालबालिकामा पनि पहिलो लहरको दाँजोमा संक्रमण बढेको पाइएको छ । पहिलो लहरमा लगभग २ प्रतिशतमा संक्रमण दखिएको थियो भने दोस्रो लहरमा बढेर लगभग १० प्रतिशतमा पुगेको छ । र अब तेश्रो लहर अक्टोबररनोभेम्बर तिर आउने र बढी बालबालिका जोखिममा पर्ने अनुमान पनि गरिएको छ ।

बालबालिकामा कोभिडको लक्षण अन्य उमेरकोमाभन्दा हल्का पाइएको छ र कतिमा संक्रमणको कुनै लक्षण नै देखिएको छैन । तर कोभिडले बालबालिकामा जटील रूप पनि लिन सक्छ र ज्यानसम्म पनि जाने हुन सक्छ । र त्यो जटिलता मध्ये एमआइएससी एउटा ठूलो जटिलता हो र अहिले नेपालमा पनि यो बढेको पाइएको छ ।

एमआइएससी के हो ?

एमआइएससी भनेको बालबालिकाहरुमा हुने एउटा एस्तो अवस्था हो जसमा शरीरको विभिन्न अंगहरु जस्तै मुटु , फोक्सो , मृगौला , मस्तिष्क , आँखा ,छाला , पेटरआन्द्रा हरु सुनिने हुने हुन्छ ।

अहिलेसम्म यसको यकिन कारण थाहा भइनसकेको भएपनि यो समस्या कोभिड संक्रमित भएका वा संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको छ । यो सबै उमेरका बच्चामा र त्यसमा पनि विशेष गरेर ३ देखि १२ वर्ष र औसत ८ वर्षका बच्चामा बढी पाइने गरेको छ ।

यो कहिले हुन्छ ?

कोभिड संक्रमित भएको वा संक्रमित व्यक्तिसँग सम्पर्कमा आएको २ देखि ६ हप्ता भित्रमा हुन्छ । बच्चामा कोभिडको कुनै पनि लक्ष्यण नदेखिकन पनि एमआइएससी देखिन सक्छ ।

यो किन हुन्छ ?

कोभिड संक्रमित भएको २र३ हप्ता पछि हुन सक्ने प्रतिरोधात्मक शक्ति अनियन्त्रणको कारणले यो हुन्छ।

यो विरलै देखिए पनि यो एउटा गम्भीर र ज्यान पनि लिन सक्ने अवस्था हो । तर यदि समयमै यसका लक्षण थाहा पाएर समयमै आफ्नो बालरोग विषेशज्ञसँग वा अस्पतालमा सम्पर्क गरे यसको निदान र उपचार समयमै हुन सक्छ र यसको जटिलता कम गर्न सकिन्छ ।

यसका लक्षणहरू के के हुन ?

ज्वरोसँगसँगै यो रोगमा थप यस्ता लक्षणहरु छन्-
१. आँखा रातो हुनु
२. ओठ र जिभ्रो रातो हुनु
३. घाँटी दुख्नु
४. शरीरमा रातो डाबर आउनु
५. पेट दुख्नु
६. उल्टी वा पखाला हुनु
७. अत्यधिक थकान लाग्नु
८. साँस फेर्न गाह्रो हुनु
९. टाउको दुख्नु

के के जाँच गरिन्छ ?

१.  रगतको जाँच
२. इको
३.  छातीको एक्स(रे
४.  युएसजी एब्डोमिन

अवस्था हेरेर अन्य थुप्रै जाँच हरु गर्नु पर्ने हुन सक्छ र यी जाँच हरु अवस्था हेरेर पटक पटक गर्नुपर्ने पनि हुन सक्छ।

यसको उपचार कसरी गरिन्छ ?

अवस्था हेरेर गम्भीर प्रकृतिको भए पिआइसियुमा अथवा गम्भीरता कम भए वार्डमा राखेर उपचार गरिन्छ । समयमै उपचार जरुरी हुन्छ ।

बालबालिकालाई कोभिड संक्रमण बाट जोगाउन अपनाउनु पर्ने विधि अपनाएर कोभिड संक्रमण हुन नै नदिनु नै एमआइएससीबाट बच्ने सर्वप्रथम उपाय हो । तर समयमै उपचार भए निको पार्न र जटिलता कम गर्न सकिने भएको हुँदा एमआइएससीको जस्तो लक्षणहरु देखिने बित्तिकै आफ्नो बालरोग विषेशज्ञ सँग वा अस्पतालमा सल्लाह लिन जरुरी छ ।

(लेखक नवजात शिशु तथा बालरोग विषेशज्ञ हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.