‘डटर्स होम अचार’ले पार गर्यो एक वर्ष, हरेक प्रडक्टमा १० प्रतिशत छुट दिने

  २०७८ असार १८ गते ८:०८     विकासन्युज

काठमाडौं । गत वर्ष लकडाउनको बिचमा जन्मिएको ‘डटर्स होम अचार’ले एक वर्ष पार गरेको छ । २ जुलाई २०२० देखि शुरु भएको उक्त व्यवसायले आज ९२ जुलाई २०२१० मा एक वर्ष पार गरी दुई वर्षमा प्रवेश गरेको हो ।

पहिलो वार्षिकोत्सवको अवसरमा ‘डटर्स होम अचार’ले १० प्रतिशत छुट दिने योजना ल्याएको छ । यससँगै अचारको पारखीले हरेक स्वादका अचार खरिद गर्दा १० प्रतिशत छुट पाउने व्यवसायी पूजा जोशी बताउँछिन् ।

‘गत वर्षदेखि शुरु गरेको यो व्यवसायले आजबाट एक वर्ष पार गर्यो, यो अवसरमा अचारको पारखीलाई मध्यनजर गर्दै हामीले १० प्रतिशत छुट दिने योजना ल्याएका छौं, जसमा उहाँहरुले हरेक स्वादको अचार खरिद गर्दा प्रत्येकमा १०र१० प्रतिशत छुट पाउनु हुनेछ,’ व्यवसाय सञ्चालन गर्दै आएकी पूजा जोशीले भनिन् ।

उक्त छुटको योजना भने केही सीमित समयको लागि मात्र लागू गरिने जोशी बताउँछिन् ।

‘वार्षिकोत्षवको अवसरमा ल्याईएको यो योजना मात्र तीन दिन लागू हुनेछ, यससँगै अचार पारखीले २ जुलाईदेखि ४ जुलाईसम्म अचार खरिद तथा अर्डर गर्दा उक्त छुट पाउनुहुने छ,’ उनले थप स्पष्ट पार्दै भनिन् ।

एक वर्षको अवधिमा ‘डटर्स होम अचार’ ले राम्रो व्यवसाय गर्न सफल भएको छ । पहिलो जस्तो दोश्रो लहको कोरोना महामारीमा पनि प्राय सबै व्यवसाय ठप्प थिए । तर यो व्यवसायलाई भने महामारीले छुन पाएन, निरन्तर चलिनै रह्यो । महामारीलाई नियन्त्रण तथा रोकथामको लागि जारी गरिएको लकडाउनमा पनि डटर्स होमले अनलाईनबाटै डेलिभरी गरेर भएपनि सबैको मन जित्न सफल भएको छ । जसले आईपरेका विभिन्न चुनौतिलाई पार गर्दै, डेडिकेटेट भएर अघि बढेको छ ।

व्यवसायी जोशीले यो अवधिसम्म साथ दिने सबै अचार पारखीलाई धन्यवाद दिँदै यसलाई निरन्तरता दिँदै जाने बताएकी छिन् ।

‘डटर्स होम अचारले पहिलो लहरको महामारीसँगै दोश्रो लहरको महामारीमा पनि उत्तिकै साथ र सपोर्ट पाएको छ, देश मात्रै नभई विदेशका अधिकांश अचार पारखीको जिब्रोमा झुण्डिन सफल भएको छ, यो अवसरमा देश विदेशबाट भरोसा गर्दै साथ सर्पोट गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु, र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै थप विभिन्न स्वादका स्वादिष्ट अचार बनाउन हाम्रो टीम लागि रहने छ,’ जोशीले बताइन् ।

यो पनि पढ्नुहोस्

यसरी जन्मिएको थियो डटर्स होमको अचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.