लक्ष्मी बैंकको क्याम्पेनः युरो कपको विजेता प्रिडिक्ट गर्दा ५० एमबीपीएसको इन्टरनेट निःशुल्क पाइने

  २०७८ असार १ गते १९:१७     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले एफ-वान सफ्टसँग मिली ‘प्रिडिक्ट एण्ड विन’ क्याम्पेन ल्याएको छ । हाल आयोजना भईरहेको युरो कप २०२१ को सुरुवातसंगैै बैंकले उक्त क्याम्पेन ल्याएको हो ।

यो क्याम्पेन युरो कप २०२१ सुरु भएको दिन जुन ११ देखि शुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ । यस क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरुले ५० एमबीपीएसको १ वर्ष अवधिको ईन्टरनेट सब्स्क्रिपशन निःशुल्क पाउन सक्नेछन् ।

यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाईल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्नेछन् । मोबाईल मनी को ’फोन-पे डैरेक्ट’ वा इन्टर बैंक फण्ड ट्रान्सफर (आईबीएफटी) (अन्तर बैंक नगद ट्रान्स्फर) बाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ । यति गरेपछि नै यस क्याम्पेनमा सहभागी हुन सकिनेछ ।

क्याम्पेनको अवधिपछि युरो कपे विजेता देशको सही अनुमान गर्ने ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिनेछ । विजेता ग्राहकले १ वर्षको ईन्टरनेट सब्स्क्रिप्सन निशुल्क पाउनेछन् । जति धेरै पटक नगद ट्रान्स्फर गर्यो, त्यति नै धेरै जित्ने मौका पाइने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.