२०७८ जेठ ३ गते १२:१३ विकासन्युज
काठमाडौं । नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) ले वीर अस्पताल ट्रमा सेन्टर र शिक्षण अस्पताललाई ४० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । फोरमले संयुक्त पहलमा ४७ लिटर क्षमता भएको सो मात्राको सिलिन्डर दुई अस्पताललाई सहयाेगस्वरूप हस्तान्तरण गरेको हो ।
‘नेशन फर्ष्ट’ र ‘मेक अ मार्क’ भन्ने दुई मुल मानलाई ध्यानमा राख्दै आएको एनवाईईएफ सदस्यहरुले अक्सिजनको चरम अभाव भएको अवस्थामा अक्सिजन सिलिन्डर दान गर्न संयुक्त पहल गरेका हुन् ।
यो पहल एनवाईईएफ नेशनल गभर्निङ्ग काउन्सिल, एनवाईईएफ काठमाडौं च्याप्टर र एनवाईईएफ एडभाईजरी संलाहकार नेतृत्व समूहले संयुक्त रुपमा नेतृत्व गरेको फोरमले जनाएको छ ।
महामारीको दोश्रो लहर नेपालको लागि एकदमै चुनौतीपूर्ण रहेको र अक्सिजन सिलिन्डरको तीव्र अभावले कोरोना संक्रमितको उपचारमा गम्भीर बाधा पुर्याएकोले त्यसमा केही राहात होस् भन्ने उद्देश्यले फोरमले उक्त पहल गरेको जनाएकाे छ ।
नेपाली युवा उद्यमी फोरम गैर नाफामूलक संस्था हो । गत २००३ मा स्थापना भएको यो संस्थाको उद्देश्य युवा उद्यमीहरुको विकास गर्नु हो । देशका युवा उद्यमीहरूको शीर्ष निकाय रहेकाे याे संस्थामा ६०० भन्दा बढी सदस्यहरु रहेकाे र हाल नेपालको सबै प्रदेशमा पुगिसकेकाे छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.