ओलीले लिए प्रधानमन्त्रीको सपथ

  २०७८ वैशाख ३१ गते १४:५२     विकासन्युज

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति छ ।

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन् । गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अबेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.