सिटिजन्स बैंकको सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारी नियुक्त

  २०७८ वैशाख ३१ गते १४:४४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारीलाई नियुक्त भएका छन् । बैंकले शुक्रबार सूचना अधिकारीमा श्रेष्ठ र प्रवक्तामा अधिकारीलाई नियुक्त गरेको हो ।

सूचना अधिकारीमा नियुक्त भएका राजेन्द्रलाल श्रेष्ठ करिव २२ वर्षदेखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका छन् । उनले स्थापनाकाल देखिनै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही कार्यसम्पादन गरेका छन् । भारतको पुणे स्थित सिम्बायोसिस इस्टीट्यूट अफ बिजनेस मैनेजमेंटबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठसँग शाखा संचालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्ता क्षेत्रमा अब्बल दक्ष्ता रहेको छ । हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथसाथै कम्पनी सचिवको रुपमा समेत कार्यरत छन् ।

प्रवक्तामा नियुक्त भएका नारायण राज अधिकारीसँग करिब १७ वर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल छन् । अधिकारीले सामान्य सेवा विभाग, मानव संसाधन विभाग, कर्जा असुली विभाग, कर्जा प्रशासन र कर्पोरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आएका छन् ।

‘भित्र सिस्टम र बाहिर इमेज’ को नारालाई आत्मसाथ गर्दै कार्यपथमा लम्कि रहेका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उनीहरुको लामो अनुभवले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.