वीरेन्द्रनगरमा मंगलबारदेखि नै निषेधाज्ञा, बैंक तथा वित्तीय संस्था पनि बन्द हुने, के के खुल्छन् ?

  २०७८ वैशाख १३ गते १६:२३     विकासन्युज

lockdownकाठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा भोलि(बैशाख १४ गतेदेखि) निषेधाज्ञा हुने भएको छ । बैशाख १३ गते बसेको सुर्खेतको जिल्ला प्रशासन कार्यालयको बैशाख १४ गते राती १ बजेदेखि बैशाख २१ गते राती १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार सो जिल्लामा बैंक तथा वित्तीय संस्थासमेत बन्द हुने भएको छ । बैठकले आवश्यक सेवा र सोको लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा, सवारी साधान, पसल व्यवसाय सञ्चालन र आवश्यक काम बाहेकको हिडडुलमा समेत निषेध गर्ने निर्णय गरेको छ ।

के के सेवा सञ्चालन गर्न पाइन्छ ?

प्रमुख जिल्ला अधिकारीका अनुसार भोलिदेखि अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य र हवाईसेवा सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक सेवाहरुमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटीएम सेवा रहेको छन् ।

साथै, मास्क, भौति दुरी लगायत जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य वस्तुका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।

साथै, यो आदेशको अवज्ञा गर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही गरिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.