एनएमबि बैंकको कन्ट्याक्टलेस कार्डबाटै बस भाडा तिर्न सकिने

  २०७८ वैशाख १२ गते १८:१९     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले बस भाडा तिर्नको लागी कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ । हालको प्रतिकुल परिस्थितिमा ग्राहकलाई बस भाडा तिर्ने कार्यमा सहजता होस् भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुभारम्भ गरेको हो ।

घरमै बसी ओम्नी च्यानल मार्फत खाता लगायत विविध बैंकिङ्ग सेवाको सफलतापूर्वक सञ्चालन भएसंगै एनएमबि बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक ईन्टरनेशनलसंग सहकार्य गर्ने गरी समझदारी गरेको छ । यससँगै उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

यस्तै प्रकारको भुक्तानी प्रणाली विश्वको विकसित मुलुकको शहरहरुमा प्रयोग भईरहेको पाइन्छ । हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भईरहेको र अरु विभिन्न बस ब्यवसायीहरुसंग सहकार्य गरी यो सुविधा उपलब्ध गराउने कार्यमा बैंक प्रयासरत रहेको छ ।

हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई प्रदान गर्न लागीएको यस सेवा डिजिटल भुक्तानीको क्षेत्रमा एक कोषेढुङ्गा हो ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.