राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघले किन्याे गौतमबुद्ध रङ्गशालाकाे कुर्सी

  २०७८ वैशाख १० गते १८:३६     विकासन्युज

काठमाडाैं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चितवनमा बनिरहेको गौतमबुद्ध रङ्गशालामा एक कुर्सी संस्थाको नाममा किनेको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघका पदाधिकारीहरुले कुर्सी किनेको जानकारी दिएका हुन् ।

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रङ्गशालामा आर्थिक समस्या भएको र त्यसमा सघाउ पु¥याउने उद्देश्यले संघले कुर्सी किनेको हो ।

संघले एनएनआइपीए स्पोर्टस अवार्डबाट बचत भएको एक लाख रुपैयाँ कुर्सी बुक गर्न दिएको हो । उक्त रकम बराबरको चेक शुक्रबार आयोजना भएको कार्यक्रममा फाउण्डेसनका सञ्चालक सिताराम कट्टेललाई हस्तान्तरण गरिएको छ ।

करिब तीन अर्वको लगानी रहेको रङ्गशालामा आर्थिक समस्या भएको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले विभिन्न अभियान सञ्चालन गरी सहयोग जुटाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.