मलेशियाविरुद्द नेपालकाे शानदार जित, शनिबार नेदरल्याण्डसँग खेल्ने

  २०७८ वैशाख ९ गते १७:११     विकासन्युज

काठमाडाैं । नेपालले मलेशियालाई ६९ रनले पराजित गरेकाे छ । टस जितेर मलेसियाले फिल्डिङ रोजेपछि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले करण केसीको विस्फोटक ब्याटिङको मद्दतमा ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । करण केसीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमै ४५ रन जोडेका थिए ।
उनले ७ छक्काको मद्दतमा सो रन बनाएका हुन् । केसीको आक्रामक ब्याटिङ अनि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएपछि त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको हाे ।

चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपालले अब उपाधिका लागि शनिबार नेदरल्याण्ड्ससंग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.