सरकारले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने

  २०७७ चैत १७ गते १६:२६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने बताएका छन् । मंगलबार रिपोर्टस क्लबको २३‍औं वार्षिकोत्सव कार्यक्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने उद्घोष गरेका हुन् ।

‘यो सरकारले लोकप्रिय काम गरिरहेको छ, कसैलाई आपत्ति लाग्छ भने यो सरकारले अझै साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताको दर बढाउँछ,’ उनले भने ।

सामाजिक सुरक्षा भत्ता  कति बढाउने भन्ने बारे भने उनले खुलानन् । हाल सामाजिक सुरक्षा भत्ता मासिक ३ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.