डिशहोमको रिचार्जमा ईन्टरनेट सित्तैमा

  २०७७ चैत १३ गते १६:२६     विकासन्युज

काठमाडाैं । अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा १० एमबिपिएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् ।

डिशहोम फाईबरनेटले सेवा सुरु गरे सँगै डिशहोम फाईवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफर बाट फाईदा लिन सक्नेछन् । डिशहोमकोे रिचार्ज गरी मासिक, त्रैमासिक अर्ध  वार्षिक वा वार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबिपिएस स्पीडको ईन्टरनेट निशुल्क प्रयोग गर्न सक्नेछन् ।

डिशहोमका ग्राहकहरुले फ्रि ईन्टरनेट सेवासंगै आफ्नै मोबाईलमा डिशहोम गो एप मार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरुका साथै भिओडी मार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्नेछन् ।

डिशहोम गो वेव मार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन्, साथै एक्सभिओडीमा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु बिना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मजा लिन सक्नेछन् ।

नेपालमै टि.भि.को रिचार्ज गर्दा ईन्टरनेट लगायत डिशहोम गो, डिशहोम गो वेव र एक्सभिओडी फ्रि मा उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ ।

डिशहोम फाईबरनेटले हाल बजारमा १० एमबिपिएस/२५एमबिपिएसका प्याकेजहरु उपलब्ध गराएको छ ।

One comment on "डिशहोमको रिचार्जमा ईन्टरनेट सित्तैमा"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.