शुरु भयो यामाहाको एक्स्चेञ्ज मेला, एक्स्चेञ्जमा नगददेखि टेष्ट राईडमा हेलिकोप्टर यात्रासम्मको अवसर

  २०७७ चैत ५ गते १९:२१     विकासन्युज

काठमाडौं । यामाहा नेपालले आज (चैत ५ गते) देखि महा एक्स्चेञ्ज मेला शुरु गरेको छ । यामाहाले काठमाडौंको भृकुटीमण्डपमा आजदेखि चैत ११ गतेसम्म उक्त मेला गर्न लागेको हो ।

मेलामा यामाहाले जुनसुकै ब्राण्डका पुराना मोटरसाइकलहरुका लागि प्रचलित बजार मूल्यमा १५ हजार रुपैयाँ थप मुल्यांकन गर्नेछ । यसका अतिरिक्त यामाहाले यामाहा बाइक तथा स्कुटरहरुको खरीदमा कम मासिक किस्ता, शुन्य प्रतिशत ब्याजदर र कम डाउनपेमेन्ट लगायतका विशिष्ट अफरहरुका साथ “अन द स्पट फाइनान्सिङ्ग” को सुविधा समेत उपलब्ध गराएको छ ।

साथै यस मेलाका आकर्षणहरुमा यामाहा ब्राण्डका बाइकहरु तथा स्कूटरहरु खरीद गर्दा स्योर शट नगद छुटमा १० हजार रुपैयाँ र चलाउँदा लगाउने सामग्रीहरु जित्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै, टेष्ट राईड गर्ने भाग्यशाली विजेताहरुले हेलिकोप्टर यात्राको अवसर पनि पाउन सक्ने छन् ।

त्यसैगरी, यामाहा नेपालले अवलोकनर्ताहरुलाई निःशुल्क बाइक चेकअप र निःशुल्क सफाईको अफर पनि दिएको छ, यो अफर जुनै ब्राण्डका बाइकहरुका लागि खुला गरिएको छ । महामेलाको थप आकर्षणमा राइडिङ्ग प्रतियोगिता, डोर पुरस्कारहरु, दैनिक क्वीजहरु, र अवलोकनमा आउनेलाई अपूर्व अनुभूति प्रदान गर्न नेपाली मनोरन्जन क्षेत्रका धेरै चर्चित हस्तीहरुसँग भेट गर्ने अवसर पनि प्रदान गर्नेछ । यसका साथै अवलोकनकर्ताहरुले एक्स्चेञ्ज मेलाको दौरान प्रदर्शनीका लागि राखिने सुपर बाइकहरु पनि हेर्न पाउनेछन् ।

”हामी यो मेलाको आयोना गर्न पाएकोमा हर्षित छौं । यो बाइकधनीहरुका लागि एफआइ इन्नि बाइकमा स्तरोन्नति गर्ने र आफ्नो स्वामित्वको बाइक तथा स्कूटरहरुको उत्कृष्छ मुल्य प्राप्त गर्ने स्वर्णिम अवसरको मेला हो । हामी विश्वस्त छौं कि यो एक्स्चेञ्ज मेलाले हाम्रा आदरणीय ग्राहकहरुलाई उत्कृष्ट डिलहरु गर्ने अवसर प्रदान गर्नेछ ।”, मेलाको बारेमा जानकारी दिँदै यामाहा मोटर्सका सीईओ चिरञ्जीवी शाहले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.