महालक्ष्मी लाईफ इन्स्योरेन्सले दियो सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम, सातवटै प्रदेशमा दिने तयारी

  २०७७ फागुन २० गते १३:२५     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । कम्पनीले कर्मचारीलाई आज (फागुन २० गते) काठमाडौंको लेण्डमार्क होटलमा उक्त तालिम दिएको हो ।

वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले गैरकानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धिकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा कर्मचारीलाई तालिम दिएकी थिइन् ।

उक्त कार्यक्रममा प्रदेश नं.३ का सम्पुर्ण शाखा र उपशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै, आजै सञ्चालित हुने दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यसको बिक्रीका क्षेत्रहरु, प्रभावकारी अण्डरराईटिङका तरिकाहरु र ग्रामीण क्षेत्रसम्म पुग्ने बजार रणनीतिका बारेमा तालिम सञ्चालन हुनेछ । नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र रामेश्वर श्रेष्ठ, मार्केटिङ विभाग प्रमुख प्रशान्तराज धमला र अण्डरपराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले तालिम दिने कार्यक्रम रहेको छ ।

कम्पनीले २०७८ आषाढ मसान्तभित्र सातै प्रदेशका कर्यालय प्रमुख र कर्मचारीलाई सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी पूनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ ।

त्यसैगरी, यो तालिम क्रमश अभिकर्तालाई पनि प्रदान गरी जीवन बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरणलाई न्यूनिकरण गर्ने उद्देश्य राखिएको कम्पनीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.