एनबी बैंकले ल्यायो डिसी कार्ड योजना, एउटै खाताबाट कर्जा तथा बचतको सुविधा पाइने

  २०७७ माघ २० गते १९:२५     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश(एनबी) बैंकले डिसी कार्ड योजना ल्याएको छ । बैंकले विभिन्न पेशामा कार्यरत पेशागत व्यक्तिलाई लक्षित गरी स-साना व्यक्तिगत आवश्यकता परिपूर्ति गर्नका लागि उक्त योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुले एउटै खाताबाट कर्जा तथा बचतको सुबिधा पाउन सक्ने जानकारी गराएको छ । यस योजनामा ग्राहकहरुले कर्जाको सीमा अन्तर्गत रही रकम उपयोग गर्न पाउनेछन् । साथै सीमा बाहेकको रकम उक्त खातामा जम्मा गर्दा उक्त रकममा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्नेछन् ।

हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

One comment on "एनबी बैंकले ल्यायो डिसी कार्ड योजना, एउटै खाताबाट कर्जा तथा बचतको सुविधा पाइने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.