एम भि अगष्टाकाे चार नयाँ मोडल नेपाली बजारमा, यस्ताे छ मूल्य

  २०७७ पुष २ गते १३:५३     विकासन्युज

काठमाडौं । नेपालमा प्रिमियम स्पोर्टस् बाइकको क्रेजलाई मध्यनजर गर्दै भेलोसिटी प्रा.लि. ले बजारमा एम भि अगष्टाको ४ नयाँ मोडलहरु नेपाली बजारमा भित्राएको छ । सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेको एम भि अगष्टा आजको दिनमा इटालियन मोटरसाइकल उत्पादन गर्ने एक बहुप्रतिष्ठित कम्पनीको रुपमा स्थापित भएको छ ।

नेपाली बजारमा प्रवेश गरेका ब्रुटेल ८००आरआर, ड्रागस्टर ८०० आरआर पिरेल्ली(लिमिटेड इडिसन), टुरिज्मो भीलभ ८०० र ड्रागस्टर ८०० आरआर अमेरिका(लिमिटेड इडिसन) एम भि अगष्टाका उष्कृष्ट बाइकहरु हुन् । ८०० सि सि इन्जिन क्षमता रहेको ब्रुटेल ८००आरआर, ड्रागस्टर ८०० आरआर पिरेल्ली(लिमिटेड इडिसन) र ड्रागस्टर ८०० आरआर अमेरिका(लिमिटेड इडिसन) मा १४० बीएचपीको पावर र ८७ एनएमको टर्क रहेको छ ।

नेपाली बजारमा ब्रुटेल ८००आरआरको मूल्य ४८ लाख ९० हजार रुपैयाँ रहेको छ र ड्रागस्टर ८०० आरआर पिरेल्ली(लिमिटेड इडिसन) को मूल्य ५९ लाख ९० हजार रुपैयाँ रहेको छ भने ड्रागस्टर ८०० आरआर अमेरिका(लिमिटेड इडिसन) को मूल्य ५७ लाख ९० हजार रुपैयाँ रहेको छ । त्यसैगरी ८०० सीसीको टुरिज्मो भीलभ ८००मा ११० बीएचपीको पावर र ८० एनएमको टर्क रहेको छ । निलो र डार्क ग्रे रंगमा उपलब्ध यस बाइकको मूल्य ५७ लाख ९० हजार रुपैयाँ रहेको छ ।

एमभि अगष्टामा सर्वोत्कृष्ट पर्फमेन्सका साथै प्रतिष्ठित डिजाईन रहेको छ र यसमा एडभान्स तथा उच्चस्तरीय पदार्थ र इन्जिनीयरिङ्ग टेक्नोलोजी प्रयोग गरिएको छ । एम भि अगष्टाको हरेक मोटरसाइकलहरु अटोमेसन नभई दक्ष व्यक्तिहरुको हातबाट जडान गरिएको छ । काठमाडौंको एस जे मोटो, कान्तिपथ मार्फत ग्राहकहरुलाई भेलोसिटी प्रा.लि.ले बिक्री–वितरण, सर्भिस, स्पेयर पार्टस् तथा एसेसोरिजहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.