क्लाउड कम्पुटिङ्गमा लर्डबुद्ध र जेनेज क्लाउड एकेडेमीबीच सहकार्य, २२३%ले रोजगारीमा वृद्धि

  २०७७ पुष १ गते १५:२७     विकासन्युज

काठमाडौं । क्लाउड कम्पुटिङ्गको प््रायोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलियन डलरको हुने अनुमान गरिएको छ । उद्योग व्यवसायमा बढ्दो सूचना प्रविधिको प्रयोगले क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्तिको ठूलो माग रहेको छ । यस क्षेत्रमा विश्वव्यापी रुपमा रोजगारीका नयाँ अवसरहरु सृजना भएका छन् । व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रकचर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जादाँ अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुदै गइरहेका छन् । पछिल्ला ३ वर्षमा यस क्षेत्रमा २२३ प्रतिशतले रोजगारी वृद्धि भएको देखिन्छ ।

यस्तो अपार रोजगारीको संभावना रहेको क्षेत्र (क्लाउड कम्पुटिङ्ग ) मा दक्ष जनशक्ति उत्पादन गर्नको लागि लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले बेलायतको जेनेज क्लाउड एकेडेमसँग (जीसीए)सहकार्य गर्ने भएको छ । यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी आईटी (आनर्स) को साथ साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्पुटिङ्ग सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्ने छन् ।

सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिट, मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको (विएससी आइटी र बीबीएम) विषयमा अध्यापन गराउदैं आएको छ । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ । कलेजका अध्यक्ष पंकज जालानले भने “यस सहकार्यले उद्योग र औपचारिक शिक्षा बीचको दूरीलाई कम गर्ने विश्वास लिएका छौं । साथै यस कार्यको लागि जेनेस क्लाउड एकेडेमी जस्तो सहयात्री पाउदाँ अत्यन्तै हर्षितछौं” ।

उक्त कार्यक्रममा लर्डबुद्ध एजुकेसन फाउण्डेसनले बीएससी आईटी (आनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको लागि एक जना छात्रा सहित ३ जना विद्यार्थीहरुको लागि पूर्ण छात्रवृती उपलब्ध हुने जानकारी गराएको छ । सोको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाईमा गठित छात्रवृती छनौट समितीले गर्नेछ ।

उक्त कार्यक्रममा जेनेज क्लाउड एकेडेमीका सीईओ अंजनी फुयालले सूचना प्रविधि उद्योग र शैक्षिक क्षेत्र बीच सहकार्यको महत्वमा जोड दिए । उनले आजको यस डिजिटल युगमा क्लाउड कम्प्युटिङ्ग सबै उद्योगहरुको लागि मेरुदण्ड साबित भएको बताए । यसले सूचना प्रविधिमा भविष्य देखिरहेका विद्यार्थीहरूको लागि विश्वव्यापी रोजगारीको सृजना गरेको छ । उक्त अवसरको लागि विद्यार्थीहरुले यस क्षेत्रसँग सम्बन्धित ज्ञानको दक्षता हासिल गर्न तयार रहनु पर्नेछ । लर्ड बुद्ध एडुकेसन फाउनडेसन र जेनेज क्लाउड एकेडेमी बीच भइरहेको यस साझेदारीले शैक्षिक क्षेत्र तथा सूचना प्रविधि उद्योग बीचको दूरीलाई कम गर्न कोशेढुंगा सावित हुने उनको भनाई छ ।

यसैगरी उक्त कार्यक्रमका अर्का वक्ता हाल भारत र दक्षिण एशियाका लागि एआई र एमएलका लागि नेतृत्व लिइरहेका कनिष्क अग्रवाल निकट भविष्यमा प्रयोगमा आउने एडब्ल्यूएसका कार्यहरूको जानकारी दिँदै यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको लागि एडब्ल्यूएस शिक्षा कार्यक्रम सुरु गरेको जानकारी दिए । उनले नेपाली आईटी बजार प्रवर्द्धनको लागि जेनेज क्लाउड एकेडेमीले महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै नेपालमा समेत निकट भविष्यमै एडब्ल्यूएस एकेडेमीको सञ्चालन गरिने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.