सेञ्चुरी कमर्शियल बैंकले घोषणा गर्याे गत दुई वर्ष यताकै उच्च लाभांश

  २०७७ मंसिर २९ गते ११:३८     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई ७.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर २९ गते बसेको सञ्चालक समितिको ३२६ औं बैठकले आफ्ना सेयरधनीहरुलाई ५.२५ प्रतिशत बोनस सेयर तथा २.२५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल ७.५० प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । ५.२५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८६ करोड रुपैयाँ नाघ्ने छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने छ ।

प्रस्तावित लाभांश दर गत दुई वर्ष यताकै उच्च हो भने बोनसदर गत तीन वर्ष यताकै उच्च हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ नाफाबाट सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश (२ प्रतिशत बोनस र ४.७५ प्रतिशत नगद) र आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ६.५ प्रतिशत लाभांश (२ प्रतिशत बोनस र ४.५ प्रतिशत नगद) वितरण गरेको थियो ।

त्यस्तै, बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.