सनराइज बैंकको वार्षिक साधारणसभा पुस २४ गते, बुक क्लोज कहिले ?

  २०७७ मंसिर २९ गते १०:४४     विकासन्युज

काठमाडौं । सनराइज बैंकको तेहौं वार्षिक साधारणसभा आगामी पुस २४ गते हुने भएको छ । उक्त सभा सो दिन बिहान १० बजेदेखि काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंङ्क्वेटमा बस्दै छ ।

मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा तथा बुक क्लोजको मिति तय गरेको हो । बैठकले सभामा जाने प्रयोजनको लागि आगामी पुस ७ गते एक दिन बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सभाले सेयरधनीलाई ८.२८ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिको गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५.८० प्रतिशत बोनस र २.४८ प्रतिशत नगद(कर समेत) गरी ८.२८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

त्यस्तै, सभाले उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने तथा गाभिने वा प्राप्ति गर्न गराउनको लागि सबै प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.