मुक्तिनाथ विकास बैंककाे प्रचार प्रसार अब ‘मुक्ति भाई’ ले गर्ने

  २०७७ मंसिर २८ गते १३:२५     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आज बैंकको लोगोको प्रतिक ‘मुक्ति भाई’ नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष भरत राज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल द्धारा संयुक्त रुपमा एक कार्यक्रम मार्फत बैंकको मस्कट सर्वजानिक गरिएको हो । उक्त कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हाल विकास बैंकको १३८ ओटा शाखा कार्यालयहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.