साधना लघुवित्तको लाभांश घोषणाः आईपीओ जारी गरेको पहिलो वर्षमै सेयरधनीलाई १९ प्रतिशत बोनस

  २०७७ मंसिर २८ गते ११:१८     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर २८ गते साँझ बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

दोश्रो बजारमा सूचीकृत भएको पहिलो वर्षमा नै संस्थाले दोहोरो अंकको दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

विगत तीन वर्षअघिदेखि सञ्चालनमा आएको संस्थाले गत असारमा साधारण सेयर जारी गरी साउनदेखि दोश्रो बजारमा प्रवेश गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी २१ करोड ७७ लाख रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २५ करोड ९० लाख रुपैयाँ नाघ्ने छ ।

सम्बन्धित समाचारः

साधना लघुवित्तमा लगानी गरेको १० दिनपछि नै उचित प्रतिफल पाइन्छ- सीईओ न्यौपाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.