सकुन्तलाल हिराचन बने महासंघको कोषाध्यक्ष

  २०७७ मंसिर १५ गते १६:००     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) को कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।

सोमबार भएको कार्यसमितिको मतदानमा हिराचन निर्वाचित भएका हुन् ।

उनले ४० मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत ल्याए ।

हिराचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् भने बस्नेत ढकाल पक्षका हुन् । उनले आजै सपथ ग्रहण गरेर कार्यभार सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.